चियाको आत्मनिर्भरता र निर्यात वृद्धि प्राथमिकतामा, पर्यटन र रोजगारीसँग जोड्दै नयाँ पहल गरिने « Arthapath.com
१५ बैशाख २०८२, सोमबार

चियाको आत्मनिर्भरता र निर्यात वृद्धि प्राथमिकतामा, पर्यटन र रोजगारीसँग जोड्दै नयाँ पहल गरिने



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाले विश्व बजारमा दरिलो उपस्थिति देखाउन सकेको बताए ।

२९औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

‘विभिन्न चुनौतीहरुका बिच पनि नेपाली चिया प्रमुख निर्यातजन्य बालीका रुपमा रहेको छ, यो चिया कृषक, मजदुर, उधोगी व्यवसायी ,सहकारी र सरकारको सामुहिक प्रयासबाट सम्भव भएको हो, उनले भने ।

मुलुकको व्यापारघाटा चुलिदो अवस्थामा चियामा आत्मनिर्भर मात्रै होइन, भारत सहित तेस्रो मुलुकमा समेत निर्यात हुँदै आएकाले नेपाली चियामा अपार सम्भावना छ भन्ने देखाएको मन्त्री अधिकारीले उल्लेख गरे ।

बजारीकरणका लागि नेपाली चियाले अझै चुनौतीहरुको सामना गर्नुपरीरहेको सुनिएको छ , आगामी दिनमा यी चुनौतीहरुको समाधान निकाल्दै चियाको गुणस्तरीय वृद्धि र दीर्घकालीन बजारको समस्या समाधानका लागि रणनीतिक योजनाका साथ अधि बढ्न मन्त्री अधिकारीले वोर्डलाई निर्देशन दिए ।

‘चिया क्षेत्रको समग्र नेतृत्व गरिरहेको वोर्डलाई श्रोत साधन सम्पन्न बनाई नितिगत समस्याहरुलाई फुकाउन मन्त्रालय तयार रहेको छ’, उनले भने,‘आगामी आर्थिक वर्ष चियामा लगानी बढाउने ,नयाँ बजारको पहिचान गर्ने , चियालाई पर्यटन संग जोड्ने र युवा तथा महिला उधमीलाई चियामा आक्रषित गर्ने गरि कार्यक्रम ल्याईनेछ’ ।


प्रतिक्रिया दिनुहोस्