सुनको मूल्य बढ्यो, चाँदीको भने स्थिर « Arthapath.com
१६ बैशाख २०८२, मंगलवार

सुनको मूल्य बढ्यो, चाँदीको भने स्थिर



काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्