हाथवे इन्भेष्टेमन्टकाे नाफा घट्याे, कस्ता छन् अन्य सूचक ? « Arthapath.com
१६ बैशाख २०८२, मंगलवार

हाथवे इन्भेष्टेमन्टकाे नाफा घट्याे, कस्ता छन् अन्य सूचक ?



काठमाडाैं । चालु आर्थिक वर्षको ९ महिनामा हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेडको खुद् नाफामा भारि गिरावट आएको छ ।संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनीले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आवको तुलनामा यस अवधिमा कम्पनीको नाफा ४७.६७ प्रतिशतले घटेको हो ।

समिक्षा अवधिमा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। चैत मसान्तसम्म कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ४ पैसा घटेर १ रुपैयाँ ८५ पैसामा सीमित भएको छ। यस्तै प्रतिशेयर नेटवर्थ ७८ रुपैयाँ ३३ पैसा रहेको छ।

यस्तै समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५७.२४ प्रतिशत घटेर १० कराेड रूपैयाँमा खुम्चिएकाे छ भने कुल आम्दानी ५६.४२ प्रतिशत घटेर १० कराेड २१ लाख रूपैयाँ रहेकाे छ ।

त्यस्तै, गत वर्षकाे यस अवधिमा १० कराेड ४४ लाख २९ हजार रूपैयाँ रहेकाे कम्पनीको कुल खर्च यस अवधिमा ४४.१७ प्रतिशत घटेर ५ कराेड ८३ लाख पुगेकाे छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (इपिएस) २ रुपैयाँ ४ पैसा घटेर १ रुपैयाँ ८५ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७८ रुपैयाँ ३३ पैसा रहेको छ।


प्रतिक्रिया दिनुहोस्