सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको ८ महिनामा पुँजीगत खर्च जम्मा ३० प्रतिशत

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको ८ महिनामा पुँजीगत खर्च अत्यन्तै न्यून रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारकाे चालु आर्थिक वर्षको बजेट जम्मा ३० प्रतिशत मात्रै खर्च भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको सरकारले ८ महिनाको अवधीमा जम्मा ३० प्रतिशत dfq} बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार उक्त सरकारले असोजदेखि हालसम्म चालु र पुँजीगततर्फ २९ दशमल ८६ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश सरकारले कृषि, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता राखेर बजेट विनियोजित गरेको थियो ।
उक्त प्रदेश सरकारले विनियोजन गरेको ३१ अर्ब ६६ करोड ८८ लाख २८ हजारमध्ये यो अवधीमा ९अर्ब ४१ करोड मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख बासुदेव जोशीले जानकारी दिएका छन् ।जोशीका अनुसार सबैभन्दा बढि भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट खर्च गर्दा सबैभन्दा कम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको रहेको बताएका छन् ।
कुल १४ अर्ब ६० लाख बजेट रहेको पूर्वाधार विकास मन्त्रालयले ८ महिनामा २६ दशमलव ५६ प्रतिशत प्रगती गरेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ८ महिनामा २२ दशमलव २ प्रतिशत प्रगती गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयले १० दशमलव ६६ प्रतिशत प्रगती खर्च गरेको छ ।
भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ९ दशमलव १३ प्रतिशत बजेट खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ५० दशमलव ६२ प्रतिशत खर्च गरेको छ ।
आन्तरिक मामिला कानुन मन्त्रालयले २ दशमलव ६९ प्रतिशत प्रगती गरेको छ भने आर्थिक मामिला मन्त्रालयले ६३ प्रतिशत बजेट खर्च गरेको पाइएको छ ।
प्रदेशसभा सचिवालय र विषयगत मन्त्रालयको खर्च प्रगतीमा चालु र पुँजीगततर्फको दुवै शिर्षकको खर्च समेटिएको छ तर भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय बाहेकका अधिकांश मन्त्रालयले भने पुँजीगत खर्चको तुलनामा चालु खर्च धेरै गरेको पाइएको छ । ढिलोगरी बजेट आउनु, झन्जटीलो खरिद प्रक्रिया जस्ता कारणले ८ महिनाको बजेट खर्चको अवस्था सन्तोशजनक नरहेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
बजेट ढिलो आएको र सरकारले सहि समयमा सहि तरिकाले बजेट खर्च नगरेको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले बताएका छन् । उनले प्रदेश सरकाले बजेट खर्च न्यून हुनुको कारण बारे समिक्षा गर्नुपर्ने बताएका छन् ।