सांग्रिला डेभलपमेन्ट बैंकको टपअपमा टपअप बोनस अफर

काठमाडाैं। सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो मोबाइलमा टप अप गर्दा टपअप नै बोनस दिने योजना ल्याएको छ ।
यो योजना अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकले १ सय रुपैयाँ वा त्यसभन्दा बढी टप अप गर्ने मध्ये हेरक हप्ता ५० जनालाई १०० रुपैयाँ नै टपअप बोनस उपलब्ध गराइने सांग्रिला डेभलपमेन्ट बैंकले जनाएको छ ।
यस्तै हरेक हप्ता ५० भाग्यशाली ग्राहकलालाई थप रू १०० टपअप नै उपहार प्रदान गरिने छ । यो अफर जेठ ४ गतेसम्म कायम रहने पनि बैंकले जनाएको छ ।