सुप्रिम हेल्थ केयरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडाैं । सुप्रिम हेल्थ केयरले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएकाे छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० दरको १२ लाख ५० हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेकाे छ ।
यसका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोमबारको दिन ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक विशेष कार्यक्रममा सुप्रिम हेल्थ केयरको तर्फबाट अख्तियार प्राप्त कार्यकारी सञ्चालक मुकेश शर्मा र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुद्वारा विगत ६ वर्षदेखि लगातार नाफा कमाउन सफल यस सुप्रिम हेल्थ केयर वि.संं. २०६६ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कम्पनी हो । यसको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बारा जिल्लाको परवानीपुरमा रहेको छ भने शाखा कार्यालय गहनापोखरी काठमाण्डौंमा रहेको छ ।
डब्लुएचओ- जिएमपि र आइएसओ बाट प्रमाणित कम्पनीको आफ्नै अनुसन्धान तथा विकास विभाग रहेको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजाइन गरिएको छ । यसले अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजाइन गरिएको आफ्नै अनुसन्धान तथा विकास (आर एण्ड डि) विभाग समेत सञ्चालनमा ल्याएको छ ।
नेपालकै अग्रणी औषधी उत्पादक कम्पनीको रूपमा स्थापित यस कम्पनीले ट्याब्लेट, क्याप्सुल, क्रीम, लोशन र सोलुसन लगायतका ८५ भन्दा बढी उत्पादनहरु ३५ भन्दा बढी उपचारात्मक श्रेणीमा उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।
नेपालका प्रमुख अस्पताल, फार्मेसी र चिकित्सा क्षेत्रको विश्वास जित्दै आएको यस कम्पनीले नेपालमा सर्वप्रथम ( पेनडोम–डी एसआर) नामक गुणस्तरयुक्त उत्कृष्ट औषधी समेत बनाएर नेपालमा एउटा वान अफ द मस्ट पपुलर ब्राण्ड इन बिच नेपाल सफल भएको छ ।
त्यसैगरी (एमलोस्पाएर–एल), (एटोस्पाएर–२०),(मेटस्पाएर–जी २ फोर्ट), (रोस्पाएर–२०), (टेल्सपायर–४०),(एजीसप–५००), (एण्डपेज जेल), (सुपरजोल– १००), (सिलिपाइन –५/१००),(एमलोस्पाएर –एटी), (ग्लिपायर) र(एसलस २५–एच) लगायतका गुणस्तरयुक्त औषधीहरु समेत बनाउन सफल भएको छ ।
कम्पनीले औषधी उत्पादन तथा वितरणसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, औषधी वितरण तथा स्वास्थ्य साक्षरताका विविध कार्यक्रमहरू सञ्चालन गर्दै समाजमा सकारात्मक प्रभाव पार्दै आइरहेको छ ।