सेयर बजारको ओरालो यात्रामा निरन्तरता, नेप्सेसँगै घट्यो कारोबार रकम « Arthapath.com
१६ बैशाख २०८२, मंगलवार

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, नेप्सेसँगै घट्यो कारोबार रकम



काठमाडौं । मंगलबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । यस दिन पनि सेयर बजार दोहोरो अंकले घटेको हो ।

यसदिन सेयर बजार मापक नेप्से परिसूचक ११.६४ अंकले घटेर २६३५.४२ बिन्दुमा खुम्चिएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम समेत खुम्चिएको छ । सोमाबर आज ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँमा खुम्चिएको छ ।

म्युचुअल फण्ड र लगानी समूहबाहेक अन्य सबै सूचक राताम्य बनेको छ ।

कारोबार अवधिभर ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर किनबेच भयो । यस दिन ५७ कम्पनीको सेयर मूल्य बढ्यो भने १८८ कम्पनीको मूल्य घट्यो ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयर मूल्य क्रमश: १० प्रतिशत र ९.९९ प्रतिशतले बढ्यो । त्यस्तै, राधी विद्युत, रसुवागढी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर लगायत कम्पनीको पनि मूल्य बढेका छन् ।

यता, मध्ये भोटेकोशी जलविद्युत, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीनलाइफ हाइड्रोपावर मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लागेर कम्पनीको मूल्य सर्वाधिक घट्यो ।

कारोबार रकमको आधारमा सानिमा माइ हाइड्रोपावर अग्रस्थानमा रह्यो । त्यसैगरी ङादी ग्रुप पावर, राधी विद्युत, एनआरएन इन्फ्रास्ट्रक्चर, एचआइडीसीएल क्रमश: सर्वाधिक कारोबार गर्नेको लिस्टमा रहे।


प्रतिक्रिया दिनुहोस्