बैंकरसंग कडा बनेका गभर्नर अधिकारी अध्यक्षहरुसंग किन भए नरम ?

काठमाडौं । बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसंग मर्जरका विषयमा कडा बनेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मंगलबार बैंकका अध्यक्षहरुसंग भने नरम रुपमा प्रश्तुत भए । १ महिनाअघि बैंकका सबै प्रमुख कार्यकारी अधिकृतहरुसंग मर्जरका बारेमा कडा रुपमा प्रश्तुत भएका अधिकारी मंगलबार बैंकका अध्यक्षहरुसंग भने मर्जरका बारेमा नरम बनेका थिए ।
अधिकारीले मंगलबार सबै बैंकका अध्यक्षहरुसंग मर्जर आफ्नो दोस्रो प्रथामिकतामा रहेको बताए । बैंकहरुको पहिलो प्रथामिकता कोरोनासंग जुध्नु रहेको भन्दै गभर्नर अधिकारीले भने मर्जर सिनर्जी आउने अवस्थामा मात्रै रोज्न आग्रह गरे । सबै बैंक वित्तिय संस्थाका अध्यक्षहरुसँग अन्तक्र्रिया गर्दै गभर्नर अधिकारीले मर्जर नगरी नहुने अडानमा राष्ट्र बैंक नरहेको बताए । ‘सकेसम्म संस्था बलियो बन्नुपर्छ भन्ने हाम्रो अडान हो भन्दै अधिकारीले भने आफै स्वतर्फुत मर्जर गर्न आग्रह गर्छु ।’
उनले बैंक अध्यक्षहरुलाई राष्ट्र बैंकले जवरर्जस्ती मर्जरमा लैजान नखोजेको पनि बताए । तपाईँहरु मन मिल्ने संग मर्जर गर्नुस तर राष्ट्र बैंकले फोर्स गर्दैन । दुई÷दुई संस्था मर्जर गरेर ५ हुनेगरी मर्जरमा जानुस अन्याथा मर्ज गरेर संस्था झनै कमजोर बन्ने अवस्था नआओस ।
गभर्नर अधिकारीले बैंक संचालकहरुलाई अधिकार थप दिन आग्रह गरे । बैंकका सीईओहरुलाई अनावश्यक हस्तक्षेप नर्गन पनि आग्रह गरे । कार्यक्रममा बैंकका अध्यक्षहरुले नगद लाभांस बाढ्न दिनुपर्ने बताए ।
राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललेसंचालन गर्नुभएको कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह, सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया, बाणिज्य बैंक अध्यक्षहरुको संघका अध्यक्ष पवन गोल्यानलगायतले बोलेका थिए ।