आजैबाट खुल्ने भयो दशैं–तिहार लक्षित सुपथ मूल्य पसल, अनलाइनबाट पनि अर्डर, कुन सामानमा कति पाइन्छ छुट ? « Arthapath.com
१५ आश्विन २०७७, बिहीबार

आजैबाट खुल्ने भयो दशैं–तिहार लक्षित सुपथ मूल्य पसल, अनलाइनबाट पनि अर्डर, कुन सामानमा कति पाइन्छ छुट ?



काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मुल्य पसल आजैबाट सञ्चनलान गरेको छ । यसपाली सुपथ मूल्य पसलमा अनलाईन मार्फत पनी अर्डर गर्ने सकिने छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल सुरु गरिएको छ ।

सुपथ मुल्य पसलमा अरु भन्दा केही रमक छुट हुने छ । सुपथ मूल्यका पसलहरु आउँदो मंसिर ६ गतेसम्म सञ्चालन हुने छ ।दशैं–तिहार लक्षित सुपथ मूल्य पसल काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, ललितपुर, भक्तपुरलगायतका १६ स्थानमा सञ्चालन भएका छन ।
त्यस्तै उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरहरुका ६५ स्थानमा सुपथ पसल सञ्चालन हुने बताइएको छ ।

दशैं–तिहार लक्षित सुपथ मूल्य पसलमा चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, बासमती चामल, गेडागुडी र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाइने छ ।त्यस्तै च्यांग्र्रा र खसी–बोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ । उपभोक्ताहरुले डीडीसी घिउमा प्रति लिटर ३० रुपियाँ छुट पाइने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्