राष्ट्र बैंकको निर्देशन ‘विद्युतीय माध्यमबाट राजश्व तिर्दा शुल्क नलिनू’

काठमाडौं । विद्युतिय माध्यमबाट सरकारी राजश्व तिर्दा शुल्क नलिन राष्ट्र बैंकले बैंक भुक्तानी सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई सरकारी राजश्व वालेटबाट तिर्दा कुनै पनि अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।
आगामी पुस मसान्तसम्म सरकारी राजश्व तिर्दा थप शुल्क नलाग्ने र कोरोना महामारीका बेला भएकाले सरकारी राजश्व तिर्न सहज बनाउनका लागि शुल्क नलाग्ने निर्देशन दिइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले बताए ।
भुक्तानी सेवा प्रदायकहरुले जथाभावी शुल्क लिएको गुनासो राष्ट्र बैंकसम्म पुगेपछि राष्ट्र बैंकले बाध्य भएर यस्तो निर्देशन जारी गरेको हो ।