एनएमबि बैंकले ल्यायो पहिलोपटक वीच्याट वालेट सेवा, टेन्सेन्ट होल्डिंग्ससंग गर्यो सम्झौता « Arthapath.com
२५ आश्विन २०७७, आईतवार

एनएमबि बैंकले ल्यायो पहिलोपटक वीच्याट वालेट सेवा, टेन्सेन्ट होल्डिंग्ससंग गर्यो सम्झौता



काठमाडौं । नेपालमा पहिलोपल्ट वीच्याट मोवाइल वालेट सेवा सुरु हुने भएको छ । एनएमबि बैंकले चिनियाँ पर्यटकहरुलाई सहज रुपमा बैंकिङ कारोवार गर्नको लागी वीच्याट सेवाको सुभारम्भ गरेको छ । एनएमबी बैंकले चिनिया कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडसंग सम्झौता गरी उक्त कम्पनीको भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था गरेको छ ।

यस बैंक विच्याट भुक्तानी सेवा प्रदान गर्र्ने देशको पहिलो र एकमात्र बैंक रहेको छ । टेन्सेन्ट होल्डिंग्ससंगको यस साझेदारीबाट एनएमबि बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बन्नेछ ।

हामी १.१७ अर्ब भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवा मध्ये एक विच्याट भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिंग्स लिमिटेडसंग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेका छौं ।

नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको योगदान उल्लेखनिय रहेको छ । संख्यात्मक हिसाबले समेत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनिय रहेको छ । देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई यस बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको छ । यसबाट यस्ता पर्यटकहरुले सामना गरेको मुद्रा विनिमेयको समस्यालाई सहज बनाउने छ ।

साथै, चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत मद्दत गर्नेछ । यसबाट देशको विदेशी मुद्राको संचिति बढाउँन समेत सहयोग पुग्नेछ । विच्याट भुक्तानी प्रणालीको नेपालमा सहज उपलब्धताले साना तथा मझौला व्यवसायीहरुलाई बिदेशी मुद्रा कारोवारको हिसाव मिलानको सहज व्यवस्थापन गर्न समेत मद्दत पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्