संददिय समितिको एक्सनपछि जारको पानीको मुल्य नबढ्ने, व्यवसायी चिन्तीत उपभोक्ता खुसी

काठमाडौं । अनायसै विना कारण कोरोनाको मौका छोपी बढाइएको पानीको जारको मुल्यबाट अन्तत व्यावसायी व्यक भएका छन । कुनै कारणबिनै व्यावसायीहरुले एकतफी रुपमा झण्डै डवल पानीको मुल्य बढाएपछि सरकारले चासो व्यक्त गरेको थियो ।
संसदको उपभोक्ता हित संरक्षण समितिका उजुरी परेपछि संदसदिय समितिले कारवाही गर्ने डरले व्यवसायीले मुल्य बढाएको १ साता नपुग्नै जारको पानीको मुल्य पुरानै कायम गर्न सहमत भएका छन । आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको थियो ।
सोमबार विभागमा जारको पानी उत्पादन गर्ने व्यवसायीसँग भएको छलफलपछि बढेको मूल्य फिर्ता गरी तत्काल मूल्यवृद्धि नगर्ने सहमति भएको भएको छ । संसदको संसदीय समितिमा पानीको मूल्यवृद्धिको विषयमा परेको उजुरीमाथि थप निर्णय नभएसम्म मूल्यवृद्धि नगर्ने सहमित भएको विभागले जनाएको छ ।
नेपाल वोटल वाटर उद्योग सङ्घले एकतर्फीरुपमा असोज १८ गतेदेखि जारको पानीको मूल्यवृद्धि गर्न परिपत्र गरेको थियो । उनका अनुसार विभागले सङ्घले गरेको परिपत्र भेटेपछि सङ्घका पदाधिकारीसँग संसदीय समितिको निर्देशनपछि थप अध्यायन गरेर मात्रै पनीको मुल्य बढाउने सहमती भएको छ ।
चार्डपर्वको मुखमा व्यवसायीले एकतफी रुपमा पानीको मुल्यमा झडै दोव्वर बढाएका थिए । विभागले बोतलको पानी र जारको पानीको छुट्टाछुट्टै मूल्य निर्धारण गरेको थियो । विभागले निर्धारण गरेको नयाँ मूल्यअनुसार ६० लिटर पानी भएको जारको अधिकतम खुद्रा मूल्य रु ५० र एक लिटर पानी भएको बोतलको मूल्य रु १६ कायम गरेको थियो ।