नेप्सेद्धारा कालिका लघुवित्तको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कालिका लघुवित्त वित्तीय संस्थाको रोक्का रहेको शेयर कारोबार फुकुवा गरेको छ ।
जनसेवी लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रयोजनका लागि रोकिएको शेयर कारोबार मर्जरपछि कायम शेयर सूचीकरण पछि फुकुवा गरेको छ ।
कम्पनीले साविक जनसेवी लघुवित्त वित्तीय संस्थासँग मर्जरगर्दा कायम हुन आएको १४ लाख ४३ हजार ३०० कित्ता शेयर कारोबार हुन सक्ने गरी सूचीकृत गरिसकेको छ ।
यसअघि कम्पनीको १० लाख ८० हजार कित्ता शेयर सूचीकृत रहेकोमा थप कित्तासहित कुल सूचीकृत शेयर २५ लाख २३ हजार ३०० कित्ता पुगेको छ । यी दुई कम्पनीविच एकीकृत कारोबार गत पुस २३ गतेदेखि शुरु भएको हो ।