गभर्नर अधिकारीको बैंकरलाई कडा निर्देशन, कोरोनाको महामारीमा ऋणीलाई कालोसूचिमा नराख्नु

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई कडा निर्देशन दिएका छन । कोरोनाको कारण व्यावसाय नचलेर कर्जाको साँवा र व्याज तिर्न नसकेका ऋणीहरुलाई नपेल्न गभर्नर अधिकारीले आग्रह गरेका छन ।
कोरोनाकै विच बजारमा केही बैंकहरुले ऋणीहरुलाई कालो सूचिमा राखेर कर्जा उठाउन थालेपछि गभर्नर अधिकारीले कोरोनाको अवस्थामा त्यसो नगर्न निर्देशन दिएका हुन । उनले कोरोनाले तनावमा परेका उद्योगी तथा व्यवसायीलाई थप तनाव नदिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन ।
आइतबार राष्ट्र बैंककले उद्योगी, व्यवसायी, बैंकर तथा अन्य सरोकारवालासँग भर्चुअल अन्तर्क्रियामा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंककले ल्याएको मौद्रिक निती कार्यन्वयन भए नभएको बारेमा उद्योगी ब्यावसायीहरुसंग अन्र्तक्रिया गरेका थिए । सुरुमा राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बोलेपछि गभर्नर अधिकारीले आफ्ना निर्देशनात्मक भनाइहरु राख्नुभएको एक बैंकका सीईओले अर्थपथलाई बताए ।
कोरोनाले वित्तिय क्षेत्रमा कत्तिको प्रभाव पारेको छ भन्ने बारेमा बुझ्ने हिसावले आयोजित छलफल कार्यक्रममा बैंकका अध्यक्षहरु, उद्योगी व्यावसायीहरु सामेल भएका थिए । सो अन्र्तक्रियामा बैंकहरुले आफुहरुलाई पेलेको, कर्जाको साँवा ब्यााज भुत्तानी गर्न नसक्दा कालोसूचिमा राख्ने धम्की आएको व्यावसायीहरुले गुनासो गरेका थिए । लगत्यै गभर्नर अधिकारीले कोरोनाको चपेटामा परेकालाई नदवेट्न आग्रह गरे ।
सो कार्यक्रममा उपत्यका बाहिरका उद्योगी व्यावसायीले समेत आफ्ना गुनासा पोखेका थिए ।