वैदेशिक रोजगार बोर्डले १ अर्ब ६५ करोड जम्मा गर्ने

काठमाडौं । वैदेशिक रोजगार बोर्डले १ अर्ब ६५ करोड रुपैयाँ मुद्दति खातामा जम्मा गर्ने भएको छ । मंगलबारसूचना प्रकाशित गरी वैदेशिक रोजगार कल्याणकारी कोषको मुद्दति खातामा निक्षेप रहेको १ अर्ब ४३ करोड रुपैयाँ यही फागुन २३ गते पुरा हुने भएको छ ।
त्यस्तै विभिन्न वाणिज्य बैंकमा मौज्दात रहेको थप २२ करोड रुपैयाँ समेत गरी १ अर्ब ६५ करोड रकम मुद्दति खातामा जम्मा गर्नका लागि ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।
वाणिजय बैंकहरुले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर लगायत अन्य विवरण उल्लेख गरी यही फागुन १२ गतेभित्र पेश गर्न आग्रह गरेको छ ।