कोरोनाको कारण हुण्डी बन्द हुँदा अनुमान विपरित रेमिट्यान्स, ३ महिनामा २ खर्व ५८ अर्व भित्रियो « Arthapath.com
१० मंसिर २०७७, बुधबार

कोरोनाको कारण हुण्डी बन्द हुँदा अनुमान विपरित रेमिट्यान्स, ३ महिनामा २ खर्व ५८ अर्व भित्रियो



काठमाडौं । कोरोनाको कारण विश्वनै आर्थिक संकटमा परेका बेला नेपालमा भने रेमिट्यान्छ ह्वात्तै बढेको छ । विदेशमा रहेका अधिकांस नागरीक पनि रोजगारी छोडेर नेपाल फर्किएको बेलामा नेपालमा भने रेमिट्यान्स बढ्न थालेपछि राष्ट्र बैंकनै संकामा रहेको छ ।

विगतमा हुण्डीबाट नेपाल भित्रिने ठुलो रकम अहिले बैंकिङ वा फर्मल च्यानलबाट आएकाले रेमिट्यान्स धेरै देखिएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बताए । कोरोनाले हुण्डी कारोवार बन्द हुँदा नेपालमा जतिपनि भित्रने पैसाहरु फर्मल च्यालनबाट मौ भित्रिएकाले रेमिट्यान्स बढेको हो ।

विश्वभरीनै कोरोनाको संत्रासका कारण धेरै नेपालीले रोजगारी गुमाएर नेपाल फर्किएका छन । केही भएका नेपालीले सबै पैसा फर्मल बैंक तथा रेमिट्यान्स कम्पनीमार्फत पैसा भित्रिएको नेपाल राष्ट्र बैंकको प्रक्षेपण छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीका अनुसार रेमिट्यान्स बढ्नुमा मुख्य तिन कारण रहेको उनि बताउँछन । पहिलो फर्मल च्यानलबाट रेमिट्यान्स भित्रनु, दोस्रो नेपालमा डलरको रेट बढ्नु र तेस्रो कोरोनाको कारण हुण्डीलगायतका अन्य च्यानल बन्द हुनु मुख्य कारण रहेको बताए ।

त्यस्तै नेपाल रेमिट्यान्स एसोसिएसनका अध्यक्ष तथा आइएमई मनि ट्रान्फरका सीईओ शुमन पोखरेलपनि फर्मल च्यानलबाट लेभरले कमाएको रुपैयाँ भित्रनुनै मुख्य कारण रहेको बताउँछन । विगतमा विदेशबाट आउनेले टिभी, घडी, मोवाइल र सुनका गहना बनाएर ठुलो मात्रामा भित्र्याउने गरेपनि अहिले बन्द रहेकाले रेमिट्यान्स धेरै देखिएको पोखरेल बताउँछन ।

अहिले पाकस्थान मंगलादेश लगायतका देशमा पनि रेमिट्यान्स बढिरेहको पोखरेललले बताए । जहाँ इनफर्मल च्यानलबाट ठुलो रकम भित्रिने गरेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ३ महिनाको तथ्यांक अनुसार साउनदेखि असोज मसान्तसम्ममा २ खर्ब ५८ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ ।

यसरी हेर्दा गत असारमसान्तको भन्दा रेमिट्यान्स १२.६ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा साउनदेखी अशोजसम्ममा २ खर्ब ५८ अर्ब ८६ करोड रेमिट्यान्स भित्रिएको थियो । जुन अघिल्लो आवको सोही अवधीमा कोरोनाको प्रभावनै नहुँदा पनि ५.१ प्रतिशतले रेमिट्यान्स घटेको थियो ।
असोज महिना जहाँ नेपालीहरुको मूख्य चाड दशैं नजिकिएकाले पनि धेरै रेमिट्यान्स भित्रिएको थियो । अशोजमा मात्रै ९३ अर्ब रुपैयाँको रेमिटेन्स आएको छ ।


प्रतिक्रिया दिनुहोस्