मोटोरोला द्रारा आफ्ना दुई नवीनतम र अत्यन्त लोकप्रिय स्मार्टफोनहरू पुनरागमनको घोषणा

काठमाडौं । आफ्ना स्थापित जि र इ वर्गबाट दुईवटा नवीनतम र अत्यन्त लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथ मोटोरालाले आज नेपालमा पुनरागमनको घोषणा गरेको छ ।

मोटोरोलाको नेपालमा पुनरागमन आफ्नो राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिको साथमा भएको छ, जसको एउटा रोचक र साझा इतिहास छ । सन् २००७ मा, कल मोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सि सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो। नेपालमा यी मोडलहरू अत्यन्त लोकप्रिय थिए र बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका ब«याण्डहरूमा नेपालमा अग्रणी ब«याण्डका रुपमा रहि रह्यो। मोटोरोला कल मोबिलिटीको समूहसँग सहकार्य गरेर यो आकर्षण पुनःसिर्जना गर्ने लक्ष्य राखेको जनाएके छ ।
विश्वव्यापी रुपमा नै मोटोरोलाका इ र जि वर्ग यसका दुईवटा अति लोकप्रिय उत्पादनहरू हुन्, जसमा सन् २०१९ सम्ममा जि वर्गको विक्री मात्र नै १० करोडभन्दा धेरै भएको छ।