अन्तत: भयो संसद विघटन, बैंसाख १७ र २७ गते आम निर्वाचन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रश्ताव बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान मन्त्रीपरिषद बैठक राखी संसद विघटनको लागी राष्ट्रपति समक्ष प्रश्ताव गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी छन । उनले आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधीसभाको निर्वाचनको मिति घोषणा गरेकी छिन ।
शत्तारुढ दल नेकपामा देखिएको विवादले डेढ वर्षभन्दा बढी बाँकी हुँदै संसदको अन्त्य भएको छ । राष्ट्रपति भण्डारीले आजै दिउसो संसद विघटन गरि नयाँ निर्वाचन घोषणा गर्ने सरकारको सिफारिस प्रमाणित गरेकि हुन ।
