प्रभु बैंकद्धारा विद्यार्थी र कर्मचारीलाई लक्षित गरि नयाँ योजना सार्वजनिक « Arthapath.com
१६ फाल्गुन २०७६, शुक्रबार

प्रभु बैंकद्धारा विद्यार्थी र कर्मचारीलाई लक्षित गरि नयाँ योजना सार्वजनिक



काठमाडौं । प्रभु बैंकले विद्यार्थीहरु र कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित Prabhu Goodluck Saving नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । शुन्य मौजदातमा खाता खोल्न सकिने Prabhu Goodluck Saving खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्फबाट रु. १०० जम्मा गरिदिने व्यवस्था मिलाईएको छ ।

एचबदजग न्ययमगिअप क्बखष्लन योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

Prabhu Goodluck Saving अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई बैंकले आफ्नो सहायक कम्पनी प्रभु क्यापिटलसँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरुमै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवशरहरु जस्तै IPOs, FPOs, Capital Market आदिको बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ । बैंकको यस Prabhu Goodluck Saving मा सहभागी हुने विद्यार्थीहरुलाई आफ्नो अध्ययन सँगसँगै आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर हुने अवशर समेत मिल्नेछ ।


प्रतिक्रिया दिनुहोस्