चुनौतिका चाङका विच बीमा समितिको अध्यक्ष सिलवालले सम्हाले कार्यकार

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलावालले शुक्रबार १ बजे कार्यभार सम्हालेका छन । बीमा समितिमा आयोजित एक कार्यक्रमका विच अध्यक्ष सिलवालले कार्यभार सम्हालेका हुन ।
बिहीबार अर्थमन्त्री विष्णु पौडेलबाट सपथ लिएका सिलवालले शुक्रबार पदभार ग्रहण गरेका हुन । पुर्व गृहसचिवसमेत रहेका शिलवालले आफ्नोलागी नयाँ क्षेत्र भएकाले सहकार्यमा अघि बढ्ने बताए ।
बीमा क्षेत्रको सिलवालको लागी नयाँ क्षेत्र हो । बीमा क्षेत्रमा धेरै समस्या रहेको छ । अध्यक्ष शिलवालले सबैपक्षसंग सहकार्य गरेर मात्रै अघि बढ्ने बताएका छन । बैंक तथा वित्तिय क्षेत्रका धेरै दावेदार हुँदाहुँदै सिलवालले अध्यक्षको बाजी मारेका थिए ।
बीमा क्षेत्रमा अहिले कोरोना बीमाको पैसा नपाएको भन्दै सर्वसाधारणमा तिब्र असन्तुष्टि बढेको छ । अध्यक्ष शिलवालले यसलाई कसरी समाधानको बाटोमा लैजानेछन हेर्न बाँकी छ ।
४ वर्षको लागी अध्यक्षमा नियुक्त भएका सिलवाललाई सोमबारको मन्त्रीपरिषद बैठकले नियुक्त गरेको थियो । शुक्रबार बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पोैडेललगायत कर्मचारीले स्वागत गरेका थिए ।