शुक्रबार ८६६३ निको भए, थप ६६५३ जनामा कोरोना संक्रमण

कठमाडौं । शुक्रबार पछिल्ले २४ घण्टामा थप ८ हजार ६ सय ६३ जना कोरोना संक्रमित निको भएका छन । यो संगै कोरोना संक्तमण निको हुनेको संख्या ४ लाख ७६ हजार १ सय ३० पुगेको छ ।
त्यसैगरी वितेको २४ घण्टामा थप ६ हजार ६ सय ५३ जना कोरोना संक्रमित थपिएका छन । यो संगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
वितेको २४ घण्टामा कोरोनाबाट थप १ सय १ जनाको ज्यान गएको छ । यो संगै कोरोनबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय ३१ पुगेको छ ।
