बुधबार सुनको मूल्य घट्यो, चाँदी उकालो लाग्यो

काठमाडौँ । अज बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । हिजो स्थिर रहेको सुनको मुल्य आज १ सयले घटेको हो ।
आज सुन तोलामा १ सयले घटेर छापावाला सुन प्रतितोला ९३ हजार १ सय र तेजावि सुन प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६० रुपियाँ कायम चएको महासंघले जनाएको छ ।
हिजो मंगलबार सुन स्थिर रहदै छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपियाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपियाँमा कारोबार भएको थियो ।त्यसैगरी चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५५ रुपियाँमा कारोबार भएको थियो ।