सोमबार सुन ४०० रुपैयाँले बढ्यो, तोलामा कति ?

काठमाडौं । हिजो आइतबार एकैदिन ८ सय रुपैयाँले घटेको सुन आज भने उकालो लागेको छ । आज सोमबार सुन ४ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९० हजार ४ सय र तेजावि सुन ८९ हजार ९ सय रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यपसायी महासंघले जनाएको छ ।
हिजो आइतबार छापावाला सुन प्रतितोला ९० हजार र तेजावि सुन ८९ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ ।