कोरोनाबाट अमेरीकामा मृत्युदर बढ्दो, शक्तीशाली राष्ट्रपनि भनेन महामारीले

काठमाडौं । महामारी आएपछि को धनी को गरिव कशैलाई हेर्दैन भन्ने तितो यथार्त महाशक्तीशाली राष्ट्र अमेरीकालाई हेरे पुग्छ । विश्वकै शक्तिशाली मानिएको अमेरीकामा दिनानुदिन बढ्नो संक्रमित र मृत्युदरलाई हेर्ने हो भने कोरोनाको कशै्रलाई छुट्याउँदैन भन्ने प्रमाणित भएको छ ।
अमेरिकामा दिनदिनै मृत्युदर बढ्दै गएको छ । हिजो शुक्रबार एकैदिन ४ सयभन्दा बढीको ज्यान लिएको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको छ भने संक्रमितको संख्य एकैदिन १८ हजार नाघेको छ । आर्थिक रुपले सम्पन्न मानिएको अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६९५ पुगेको छ ।
अमेरिकामा संक्रमितको संख्या १ लाख ४ हजार नाघेको छ । अमेरिकाले कोभिड–१९ले अर्थतन्त्रमा ठुलो असर पुग्ने भन्दा २० खर्व अमेरिकि डलरको आर्थिक प्याकेज ल्याएको छ ।