बेलायतमा पूर्व गोरखा सैनिकको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । बेलायतमा सोमबार पूर्व गोरखा सैनिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो ।
गत दुई सातादेखि अस्पतालमा राखिएका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको र चिकित्सकले ठीक हुँदैछ भनेर भेन्टिलेटरबाट बाहिर राख्ने तयारी हुँदै गर्दा मृत्यु भएको समाजसेवी कमल गुरुङले जानकारी दिए । उनको पुख्र्यौली घर कास्कीको घान्द्रुक हो ।