गौतमश्री सहकारीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण, उचित कारण नदेखाए समस्याग्रस्त घोषणा गरिने « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

गौतमश्री सहकारीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण, उचित कारण नदेखाए समस्याग्रस्त घोषणा गरिने



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौतमश्री बहुउद्धेश्यीय सहकारीलाई स्पष्टीकरण सोधेको छ । सहकारी संस्थाका सञ्चालकले सात अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरी फरार भएपछि सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिश गरेको हो

। विभागको सिफारिशका आधारमा मन्त्रालयले १५ दिने समय अवधि दिएर स्पष्टीकरण दिन भनेको छ । सहकारीमा पाँच हजार सदस्य छन् ।सहकारीका सञ्चालकले उचित स्पष्टीकरण नदिएमा मन्त्रालयले समस्याग्रस्त सहकारी घोषणा गर्न सक्नेछ । यस अघि मन्त्रालयले १२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ । सो सहकारीहरुको अध्ययन र व्यवस्थापनको जिम्मा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई दिईएको छ ।


काठमाडौको कुलेश्वरस्थित सहकारीको कार्यलय र डिमार्टमेन्ट स्टोरमा एभरेष्ट बैंकले सिलबन्दी गरेको छ । सञ्चालकहरु हालसम्म फरार छन् । सञ्चालकहरुको घरजग्गा रोक्न राख्न विभागले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचार गरेको छ ।


प्रतिक्रिया दिनुहोस्