नयाँ वर्षको अफरले रंगिएको नेपाली अटो बजार, अफरमा किन्ने होइन त छानीछानी बाइक र स्कुटर ?

काठमाडौं । नयाँ वर्षलाई मानिसहरु नयाँ सुरुवाताको रुपमा लिन्छन्, नयाँ वर्षको सुरुवातसँगै नयाँ नयाँ योजना बनाउने र पुरानालाई फेरबदल गर्ने प्रचलन छ ।
यो समयमा मानिसहरु पुरै जीवनशैली नै परिवर्तन गर्ने सोच राख्छन् । नयाँ वर्षमा उपहार किन्ने, नयाँ समान लिने सोच बनाइरहेका हुन्छन् । त्यहीमध्ये एक नयाँ योजना हो, नयाँ सवारी खरिद गर्ने । कतिपयले नयाँ बाइक वा स्कुटर किन्ने सोच पनि यही समयमा नै बनाउँछन् । पछिल्लो समय त ‘नयाँ वर्ष, नयाँ सवारी’ भन्ने मनोवृत्तिमा बलियो बन्दै गएको छ ।
यतिबेला नयाँ वर्ष २०८२ को आगमन भइसकेको छ । यही नयाँ वर्षको अवसर पारेर दुई पांङग्रे सवारी बितरकहरुले पनि विभिन्न अफरहरु ल्याइरहेका छन् ।
नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न चाहाने ग्राहक तान्न कम्पनीहरुले आकर्षक छुटसहित अफर ल्याउने गरेका हुन् । यो वर्षको नयाँ वर्षमा पनि अटो व्यापारीहरुले मूल्य छुट, नगद उपहार, निशुल्क बीमा सुधिवा, एक्सचेञ्ज बोनस लगायतका आकर्षक योजना अघि सारेका छन् । विशेष त सहज फाइनान्सिङको सुविधासहित अफरहरु ल्याएका हुन् ।
व्यापारीहरुले सुस्त अटोमोबाइल क्षेत्रलाइ चलायमान बनाउन नयाँ वर्षको अफर ल्याएका छन् । नयाँ सवारी साधन खरिदमा नगद छुट, डाउन पेमेन्ट र मासिक किस्तामा सहजता, निशुल्क बीमा लगायतका सुविधासहित बिक्रेता कम्पनीहरुले अफर सार्वजनिक गरेका छन् ।
अब हेरौं कुन ब्रान्डको कस्तो अफर ?
बजाज मोटरसाइकलको ‘खुसीको मिटर’, १ लाख रुपैयाँ नगद जित्ने मौका
नयाँ वर्षमा बजाज मोटरसाइकल खरिदमा १ लाख रुपैयाँ नगद जित्न सकिनेछ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्षको अवसर पारेर यस्तो अफर ल्याएको हो ।
कम्पनीले ‘खुसीको मिटर’ नामक अफर ल्याएको छ । कम्पनीले अफर अन्तर्गत गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको छ ।
‘खुसीको मिटर’ अफरसँग जोडिएर ग्राहकहरूले डिजिटल अनुभव मार्फत १ लाख रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् । यसका साथै अन्य आकर्षक गिफ्टहरू प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको हो । यस खेलमा जो कोही पनि सहभागी हुन सक्छन् । साथै घरमै बसी बसी विभिन्न उपहार जित्न कम्पनीले जनाएको छ । यसका लागि भने कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ । बजाजका मोटरसाइकल खरिद गर्ने ग्राहकले अर्को चरणको गेम सोरुममा खेल्न पाउनेछन्, जसले एक लाख रुपैयाँसम्म नगद उपहार पाउन सक्ने कम्पनीले जनाएको छ ।
यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज शोरूमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ ।
सीजी मोटर्सः ‘नयाँ वर्ष नयाँ हिरो’
सीजी मोटर्सले पनि नयाँ वर्ष विशेष ‘नयाँ वर्ष नयाँ हिरो’ नामक अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले हरेक खरिदमा ७ हजार नगद छुट पाउने छन् भने हरेक हप्ता गरिने लक्की ड्रमार्फत २५ हजार नगद उपहार पाउनेछन् ।
हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक यो कम्पनीले नयाँ वर्षलक्षित अफर ल्याएको हो ।
कम्पनीका अनुसार फाइनान्स सुबिधामा खरिद गर्न चाहने ग्राहकलाई सहज रुपमा खरिद गर्न सक्नेछन् । कम्पनीले सरल किस्ताबन्दीको सुविधा पनि दिएको छ।
हिरोले नेपाली बजारमा एक्सपल्स, सुपर स्प्लेन्डर, एक्सट्रिम लगायत मोडलका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ भने स्कुटरमा जुम मोडल बिक्री हुँदै आएको छ । यी बाइक नेपालमै एसेम्बल गरिएका हुन् ।
सुजुकीको ‘नव वर्ष २०८२ जितौँ टन्न धनराशी’ अफरः ८ हजारदेखि १ लाखसम्म नगद उपहार
सुजुकीको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले पनि ‘नव वर्ष २०८२ जितौँ टन्न धनराशी’ अफर ल्याएको छ ।
अफर अन्तर्गत सुजुकी मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एसएमएस मार्फत ८ हजारदेखि १ लाख रुपैयाँसम्म नगद उपहार पाउनेछन् । कम्पनीका अनुसार तुरुन्तै एक्सचेन्ज र फाइनान्स सुविधा पाउनेछन् । यसका लागि ग्राहकले ३५००१ मा एसएमएस गर्नुपर्नेछ ।
कम्पनीका अनुसार ग्राहकले ३५००१ मा एसएमएस पठाएर उक्त रकम जित्न सक्ने छभन् । साथै, ग्राहकले पुरानो मोटरसाइकल तथा स्कुटर दिएर ब्रान्ड न्यू सुजुकी बाइक एक्सचेन्ज गर्न समेत सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा कम्पनीले पुरानो बाइकमा उच्च मूल्याङ्कन दिने कम्पनीले जनाएको छ । स्कुटर तथा मोटरसाइकल खरिद गर्ने ग्राहकले पाँच वर्षको वारेन्टी र निःशुल्क सर्भिस पाउनेछन् ।
टिभीएसको अफरः नयाँ बाइक र स्कुटर किन्दा १ लाखसम्म नगद छुट, ७.९९ प्रतिशत ब्याजमै कर्जा
नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले गजबको अफर ल्याएको छ । कम्पनीले याँ वर्षलाई लक्षित गर्दै ‘नयाँ युगको सवारी’ नामक अफर ल्याएको हो ।
उक्त अफर अन्तर्गत टीभीएसका नयाँ मोटरसाइकल र स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् । यसका साथै एक्सचेञ्जको पनि सुविधा रहेको कम्पनीले जनाएको छ । ग्राहकले आफूसँग भइरहेको जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकलसँग टीभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर साट्न सक्नेछन् ।
कम्पनीका अनुसार पुरानो मोटरसाइकलमा अधिकतम मूल्यांकन गरिने छ । कम्पनीले फाइनान्समा मोटरसाइकल तथा स्कुटर किन्न चाहाने ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमै कर्जा सुविधा प्राप्न गर्न सक्नेछन् ।
टीभीएसले लाइफटाइम वारेन्टी सुविधा पनि दिइएको छ । यसका साथै १ घण्टाभित्र पाट्सर्् उपलब्ध गराउने प्रतिवद्धता समेत छ ।
भेस्पा र अप्रिलिया स्कुटर नगद छुटदेखि किस्तासम्मका सुविधा, ४.९९ प्रतिशत ब्याजदरमा इएमआई
नयाँ वर्षको अफरमा भेस्पा र अप्रिलिया स्कुटर खरिद गर्दा नगद छुटदेखि सस्तो किस्ताबन्दी लगायतका सुविधा प्राप्त गर्न सकिनेछ ।
भेस्पा र अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटो कर्पले नयाँ वर्ष विशेष ‘खुसीयाली साटा–साट’ योजना ल्याएको छ ।
अफर अन्तर्गत भेस्पा र अप्रिलियाको स्कुटर खरिदमा नगदछुट, किस्ता सुविधा र उपहार समेत पाउन सकिनेछ । स्कुटर खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँ नगद छुट पाउनेछन् ।
यस्तै, ४.९९ प्रतिशत ब्याजदरको किस्ताबन्दीको सविधा पनि छ । यसका साथै एक्सचेन्ज सुविधामा १० हजार रुपैयाँ बराबरको अतिरिक्त मूल्यांकन पनि पाइनेछ ।
कम्पनीका अनुसार हरेक खरिदमा ग्राहकले निःशुल्क हेल्मेट र कि–रिङ समेत प्राप्त गर्ने छन् भने छिटो र सजिलो फाइनान्स पनि उपलब्ध हुनेछ ।
यामाहाको ‘थ्रिल अफ थ्री’ स्किम, १ लाखसम्म जित्न सकिने, शून्य ब्याजदरमा इएमआई सुविधा
नयाँ वर्षमा यामाहाले पनि आकर्षक अफर ल्याएको छ । आफ्ना ब्रान्डका मोटरसाइक तथा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् । कम्पनीले शून्य ब्याजदरमा किस्ताबन्दीको सुविधा समेत प्रदान गरेको छ ।
यामाहा नेपालले नयाँ वर्षको अवसरमा ‘थ्रिल अफ थ्री’ स्किम ल्याएको हो । सो अफर सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गर्नुपर्नेछ । सो विज्ञापन सेयर गरी तत्काल १ हजार रुपैयाँ जित्न सकिने कम्पनीले जनाएको छ ।
नजिकैको यामाहा डिलरशिपमा गई आफूले सेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाउनुपर्ने छ । स्क्रिनसट देखाएपछि ५० हजारसम्मको नगद पुरस्कार प्राप्त गर्न सकिनेछ । योजनाको अवधिमा ब्रान्ड–न्यू यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गरी १ लाखसम्मको नगद पुरस्कार सकिनेछ । यसका साथै नयाँ वर्षको अफर बाइक तथा स्कुटर खरिद पहिलेभन्दा धेरै सजिलो र फाइदाजन बनाउन सकिने कम्पनीले जनाएको छ ।
स्पट एक्सचेन्ज, सहज फाइनान्स र छानिएका मोडेलमा शून्य प्रतिशत ब्याजको इएमआई लगायत सुविधा रहेको कम्पनीले जनाएको छ ।
‘नयाँ वर्ष लुयानको हर्ष’: इलेक्ट्रिक स्कुटर खरिदमा नगद छुट लगायतका सुविधा
लुयान नेपालले पनि नयाँ वर्ष विशेष योजना अघि सारेको छ । विद्युतीय स्कुटर खरिदमा नगद छुट लगायतका सुविधा ल्याएको छ ।
कम्पनीले ‘नयाँ वर्ष लुयानको हर्ष’ अफरअन्तर्गत कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले १५ हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन् । यसका साथै एक वर्षको सवारी कर, बाइक कभर, टी–शर्ट र हेलमेट पनि निःशुल्क प्राप्त गर्नसक्ने छन् । कम्पनीका अनुसार एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध छन् ।
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजार सम्म छुट
इलेक्ट्रिक स्कुटर निर्माता सुनराले ‘सुपर सेभ अफर’ ल्याएको छ । अफरअन्तर्गत सुनराका विभिन्न मोडेलका स्कुटरमा ६० हजार रुपैयाँसम्मको विशेष छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ’के.५’ मोडेल अब १ लाख ६९ हजार ९०० रुपैयाँमा, ‘रोबो–ए’ ३ लाख २० हजार ९०० मा र ‘एचडब्ल्युएके’ २ लाख ३६ हजार ९०० रुपैयाँमा उपलब्ध छन् । मूल्य घटाएको मात्र नभई कम्पनीले ग्राहकलाई थप फाइदाका सुविधा पनि दिएको छ ।
प्रत्येक स्कुटरमा निःशुल्क बिमा सुविधा रहेको कम्पनीले जनाएको छ । यसका साथै फ्रि हेल्मेट र रोड ट्याक्स कम्पनीले तिर्ने व्यवस्था गरेको छ ।
यसबाहेक, एक जना भाग्यमानी ग्राहकले लक्की ड्र अन्तर्गत आफूले किनेको स्कुटरमा ५० प्रतिशत छुट पाउनेछन् ।
सीएफमोटोको कम ब्याजमा ढुक्कको सवारी अफर
सीएफमोटोका नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘नयाँ वर्ष २०८२, कम ब्याजमा ढुक्कको सवारी’ अफर ल्याएको छ ।
अफरमा कम्पनीले पाँच वर्षको वारेन्टी सुविधा, नगद उपहार, सरल र सहज फाइनान्सको सुविधा प्रदान गरेको छ।
अफरमा एनके २५० मोडेलको मोटरसाइकल खरिद गर्दा ५ वर्षसम्मको वारेन्टी पाउनेछन् । ५ प्रतिशत ब्याजदरमा २४ महिनाको सरल फाइनान्स सुविधा पनि दिइएको कम्पनीले जनाएको छ ।
यस्तै, एक्सचेन्जमा १५ हजार रुपैयाँ छुट पाउन सकिने कम्पनीले जनाएको छ । एनके २५० खरिद गर्ने ग्राहकलाई निःशुल्क फ्री–सेरामिक कोटिङ सुविधा पनि दिएको छ ।