नेपाल आएका रोबर्टो कार्लोसले रोजे ‘एक्सपेङ जि–सिक्स’ « Arthapath.com
१० बैशाख २०८२, बुधबार

नेपाल आएका रोबर्टो कार्लोसले रोजे ‘एक्सपेङ जि–सिक्स’



काठमाडौं । ब्राजिलियन महान फुटबलर रोबर्टो कार्लोस हालैमात्र नेपाल सुपर लिग (एनएसएल) को विशिष्ट अतिथिका रूपमा नेपाल आएका छन् । उनले यहाँ रहँदाका बखत निजी प्रयोजनका लागि एक्सपेङको ‘जि–सिक्स’ मोडलको गाडी चढेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने र नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आयोजना भइरहेको यस लिगसँग सिजि मोटर्सले सहकार्य गरेको छ । यही आधारमा कार्लोसले एक्सपेङको गाडी चढेका हुन् ।

सिजी मोटर्सले यस प्रतिष्ठित सुपर लिगमा सहकार्य गर्न पाउनुलाई ‘गौरवको विषय’ भनेको छ । नेपाल सुपर लिगको आधिकारिक मोबिलिटी पार्टनरको रूपमा सिजि मोटर्सको एक्सपिएन्जी जि–सिक्सले फुटबलर कार्लोसको सम्पूर्ण नेपाल यात्राको जिम्मा लिएको छ ।

कार्लोसजस्तो महान खेलाडी नेपाली मैदानमा उपस्थित भएरन हामीलाई हौसला दिनु नै यहाँको खेलकुद इतिहासमा एक उल्लेखनीय क्षण हो। यस्तो बेला स्वयम् उनैलाई सहज, सुरक्षित र सम्मानजनक यात्रा अनुभूति दिलाउन पाउनु अर्को स्वर्णिम क्षण भएको सीजी मोटर्सले जनाएको छ ।

नेपालमा विभिन्न १० ब्राण्डका सवारिसाधन बेच्ने सीजी मोटर्सकी सहायक व्यवस्थापक युरिशा बज्राचार्यले एक्सपेङ जि–सिक्स र फुटबलर कार्लोसबीच ‘प्रतीकात्मक समानता’ भएको बताइन् । ‘जि–सिक्स एक उच्च प्रविधि, उत्कृष्ट गति, विद्युतीय दक्षता र आधुनिक डिजाइनको समायोजन हो’, उनले भनिन्, ‘जसरी कार्लोस आफैं पनि तीव्रता, रणनीति र प्रेरणादायी उपस्थितिका प्रतीक हुन् ।’

जि–सिक्स त्यस्तो गाडी हो, जुन शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न मात्र ६.६ सेकेन्डमा सक्षम हुन्छ । यो गाडीले ४ सय ३५ किलोमिटरको रेन्ज दिन्छ । नेपाली बजारमा मात्रै होइन, संसारकै लागि यो मोडल नवप्रवर्तन र गतिशीलताको एक प्रतीक बनेको छ।

जे जस्ता गुणहरुद्वारा रोबर्टो कार्लोसले विश्व फुटबलमा आफूलाई एक दिग्गजका रूपमा स्थापित गरे, जि–सिक्स पनि त्यसरी नै एक उत्कृष्ट इलेक्ट्रिक गाडीको रूपमा आफ्नो पहिचान बनाउन सफल बज्राचार्य बताउँछिन् ।

‘न्यू कार एसेसमेन्ट प्रोग्राम (एनक्याप)’बाट ‘फाइभ स्टार’ सुरक्षा रेटिङ पाएको यो गाडी भरपर्दो र सुरक्षित छ। यसमा स्वचालित ड्राइभिङ प्रविधि, १९० वाटको शक्तिशाली मोटर र ४४० एनएम टर्क उपलब्ध छ।


प्रतिक्रिया दिनुहोस्