साइमेक्स इंकले ल्यायो ‘०–५–१०’ अभियान, अफरमा बिवाइडी गाडी बुक गर्दा केके सुविधा पाइन्छ ? « Arthapath.com
१० बैशाख २०८२, बुधबार

साइमेक्स इंकले ल्यायो ‘०–५–१०’ अभियान, अफरमा बिवाइडी गाडी बुक गर्दा केके सुविधा पाइन्छ ?



काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले विशेष ग्राहक केन्द्रित अभियान ‘०–५–१०’ को घोषणा गरेको छ ।

नयाँ वर्ष २०८२ को अवसर पारेर कम्पनीले सो अभियान घोषणा गरेको हो । जसले प्रत्येक बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनियता र मानसिक शान्ति प्रदान गर्ने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ ।

अफर सीमित समयका लागि प्रदान गरिने कम्पनीले जनाएको छ ।

५ वर्ष सम्म शुन्य सर्भिसिङ मूल्य

ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नु हुनेछ, जसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्जुमेबल समावेश हुनेछ । कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार पाँच वर्ष सम्मका लागि यो सुविधा उपलब्ध हुनेछ ।

१० वर्ष वा २ लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टी

प्रत्येक ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटर मध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधाको फाइदा पाउनु हुनेछ । यो ईभी उद्योगमै सबैभन्दा धेरै पाइने वारेन्टी हो, जसले गुणस्तरीयता, विश्वसनियता र ग्राहक सन्तुष्टिप्रति बीवाईडीको दीर्घकालीन प्रतिबद्धतालाई पुनःपुष्टि गर्दछ ।

यो विशेष ‘०–५–१०’ अभियान आगामी २०८१ बैशाख ३१ सम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा लागु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्