नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साढे ८ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साढे ८ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक समूहको ८ लाख ५० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो।
यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । लिलामीमा राखिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। त्यसैले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १ लाख २५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा वैशाख ९ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री मुक्तिनाथ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।