सिटिजन्स बैंकको नाफा ९६ करोडमाथि, प्रतिसेयर आम्दानी कति ? « Arthapath.com
७ बैशाख २०८२, आईतवार

सिटिजन्स बैंकको नाफा ९६ करोडमाथि, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २०.६० प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा यस बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.५८ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म बैंकको यस्तो आम्दानी ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन आम्दानी २८.३४ प्रतिशतले घटेर १ अर्ब ३३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्म बैंकको यस्तो आम्दानी १ अर्ब ८६ करोड १७ लाख रुपैयाँ थियो ।

इम्पेयरमेन्ट चार्ट ९८ करोड ५७ लाखबाट बढेर २ अर्ब १६ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

१४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ जम्मा छ । प्रतिसेयर आम्दानी ८.६८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५२.७५ रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा १६ करोड २६ लाख रुपैयाँ रहेको छ । एनपीएल ५.७१ प्रतिशत पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्