घट्यो स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफामा गिरावट आएको छ । बैंकको नाफा ११.१७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिको २ अर्ब ४४ करोड ७१ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी १७.३३ प्रतिशतले घटेर ३ अर्ब २४ करोडमा सीमित छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी ३ अर्ब ९२ करोड रुपैयाँ थियो ।
खराब कर्जा २.१४ प्रतिशतबाट घटाएर १.४४ प्रतिशतमा सीमित गरेको छ । बैंकको सञ्चालन आम्दानी ५.३४ प्रतिशतले घटेर ३ अर्ब ३२ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ५० करोड ९२ लाख रुपैयाँ थियो ।
हाल यसको चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख रुपैयाँ र जगेडा कोषमा ९ अर्ब ४२ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७४ पैसाले घटेर २८ रुपैयाँ ८६ पैसामा आएको छ । यसको प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ४० पैसा छ ।