नाफासँगै बढ्यो सानिमा बैंकको ईपीएस, वितरणयोग्य नाफा कति ?

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । यो अवधिसम्म बैंकको नाफा १४.८० प्रतिशतले बढेको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैनाले १ अर्ब ४३ करोड ९४ लाख खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने ६.५२ प्रतिशतले घटेर ४ अर्ब २८ करोड २८ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
त्यस्तै, सञ्चालन नाफा भने ९.१२ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा २ अर्ब ६ करोड रुपैयाँ थियो । गत वर्ष १ अर्ब ५९ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ४० करोड रुपैयाँमा आएको छ ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा 0.६९ प्रतिशतबाट बढेर १.६० प्रतिशत पुगेको छ ।
चैत्र मसान्तसम्म चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ०६ पैसाले बढेर १६ रुपैयाँ ३३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ३२ पैसा छ ।
बैंकले २ खर्ब १३ अर्ब ७७ करोड निक्षेप संकलन गरेर १ खर्ब ७३ अर्ब ९ करोड कर्जा परिचालन गरेको छ ।