रकम सटहीको लागि ‘प्रभू इजी फरेक्स’ एप (प्रोमोसहित)

काठमाडौं । प्रभु बैंकले विदेशी मुद्रा सटही सुविधालाई मोबाईलमार्फत् अनलाईन आवेदन गर्न सकिने एप्लिकेशन ‘प्रभू इजी फरेक्स’ सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरि ‘प्रभू इजी फरेक्स’बारे जानकारी गराएको हो ।
बैकसम्मै पुगेर सटहीको आवेदन गर्नुपर्ने लामो प्रक्रियालाई मोवाइल एप्लिकेशनले प्रविधिमैत्री तथा सरलीकृत गर्ने विश्वास बैंकले लिएको छ ।
एप हाल गुगलको प्ले स्टोरबाट सजिलै डाउलोड गर्न सकिने छ। यो एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाईन आवेदन गर्न सकिनेछ।
बैकले तुरुन्तै आवेदकलाई एसएमएस मार्फत सटही हुन सक्ने/नसक्ने जानकारी गराउनुको साथै सटहीको व्यवस्था हुने भएमा शाखा वा काउण्टरको पनि जानकारी दिनेछ।
बैकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित बैकको काउण्टरबाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था मिलाईएको जनाएको छ।