राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा फागुनमा गर्ने

काठमाडौं । फागुन ७ गतेसम्म मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने गरि नेपाल राष्ट्र बैंक तयारीमा जुटेको छ । यसवारेमा सरोकारवालासंग राष्ट्र बैंकले बुधवार छलफल गर्ने छ । राष्ट्र बैंकमा अनुसन्धान विभागले मौद्रिक समिक्षा गरेको छ । पुुष मसान्तसम्मको सम्पुर्ण तथ्यांक तयार पार्ने गरि तयारीमा जुटेको हो ।
गभर्नरका रूपमा डा. चिरञ्जीवी नेपालको ५ बर्षे कार्यकाल चैत ५ गते सकिने भएको छ । आगामी गभर्नरका लागि बजारमा केहि व्यक्तिहरुको नमा चर्चामा रहेको छ ।