६ महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब ६६ करोड

काठमाडौं । ६ महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ । बैंकको खराब कर्जा बढेका कारण नाफा १५.६६ प्रतिशतले घटेको छ । बैंकको खुद ब्याज आम्दानी पनि साढे ७ प्रतिशतले घटेको छ । पछिल्लो ३ महिनामा बैंकको निक्षेप १ अर्ब ३३ करोडले घट्दा ऋण भने २ अर्ब ५६ करोड रुपैयाँले बढेको छ ।
बैंक असार मसान्तदेखि पुस मसान्तसम्म ऋण विस्तार ९ अर्ब ६० करोड रुपैयाँले बढेको छ । कुल निक्षेप १ खर्ब ४९ अर्ब रुपैयाँ छ भने ऋण १ खर्ब ३२ अर्ब रुपैयाँ छ । बैंकको खराब ऋण २.०४ प्रतिशतबाट बढेर २.९ प्रतिशतमा बढेको छ । आधार दर घटाउँदै बैंकले ८.९६ बाट ८.५३ प्रतिशतमा झारेको छ ।