राष्ट्रिय वाणिज्य बैंकले कमायो ४ अर्ब ४५ करोड, ५९ करोडले घट्यो नाफा « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकले कमायो ४ अर्ब ४५ करोड, ५९ करोडले घट्यो नाफा



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंककले गत आवमा ४ अर्व ४५ करोड नाफा कमाएको छ । बैंकको अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ५ अर्ब ४ करोड नाफा कमाएको थियो । अघिल्लो आवभन्दा ५९ करोड कम नाफा कमाएको छ ।

पूर्ण रुपमा सरकारी स्वामित्व रहेको वाणिज्य बैंकले अघिल्लो आवभन्दा निक्षेप पनि बढाएको छ । अघिल्लो आवमा १ खर्व ८९ अर्व निक्षेप संकालन गरेकोमा गत आवमा २ खर्व ३० अर्व निक्षेप उठाएको छ ।

बाणिज्य बैंकको चुक्ता पुँजी ९ अर्ब र जगेडा कोषमा १३ अर्ब रहेको छ । १ खर्व ५० अर्व कर्जा लगानी गरेको वाणिज्य बैंकले अघिल्लो आवभन्दा कर्जा ८ अर्वले बढाएको छ ।

बाणिज्य बैंकले गत आवको नाफाबाट सरकारलाई १ अर्ब ३ करोड लाभांश दिन सक्नेछ ।


प्रतिक्रिया दिनुहोस्