सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्स्ले गरे सम्झौता

काठमाडौं । सिद्धार्थ बैंकले भदौ ३ गते सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ ३६० ट्रान्सपोर्ट सोलुसन्स्सँग व्यावसायिक सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका सहायक महाप्रबंधक सुरेश राज महर्जन र ३६० ट्रान्सपोर्ट सोलुसन्स्का प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मीले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापश्चात् ३६० ट्रान्सपोर्ट सोलुसन्स्अन्तर्गत सञ्चालनमा रहेको यातायातको साधनमा निकट भविष्यमा बैंकको पीओएस मेसिन जडान गरिने र यात्रुले स्मार्ट प्रिपेड कार्ड प्रयोग गरि पीओएसमार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् ।
प्रयोग गरिने स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिनेछ ।