कोरोनाका विच २६ कम्पनीको यस्तो आयो लाभांस, कुनको कति ?

काठमाडौं । मुलुकको अर्थतन्त्र कोरोनाको कारण थलिएको छ । आर्थिक क्षेत्र डावाडोल हुँदा अधिकांस पव्लिक कम्पनीको पनि हालत उस्तै छ । हाल संचालनमा रहेका बैंक वित्तिय संस्थाको अलावा अन्य पव्लिक कम्पनी गरी २६ संस्थाले लाभांस घोषणा गरिसकेका छन ।
असोज मसान्त सकिँदा अहिलेसम्म विभिन्न २६ वटा संस्थाहरूले लाभांश
घोषणा गरिसकेका छन् । लाभांश दिन प्रस्ताव गर्नेमा बाणिज्य बैंकको संख्या ३ वटामात्रै रहेको छ भने लघुवित्त कम्पनीमा ५ ओटा रहेका छन । वाणिज्य बैंकहरुमा माछापुच्छ्रे बैंक, बैंक अफ काठमाण्डू र सानिमा बैंक रहेका छन् ।
५ ओटा लघुवित्तले हालसम्म लाभांस घोषणा गरिसकेका छन । अन्य कम्पनीहरुमा म्युचूअल फण्ड रहेका छन् । उस्तै उत्पादनमूलक कम्पनीले पनि लाभांश घोषणा गर्न थालेका छन् । शिवम् शिमेन्टले २४.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
लाभाश घोषणा गर्ने पहिलो बैंक माछाप्च्छ्रे बैंक हो । उसले १०.४ प्रसितत लाभांस घोषणा गरेको थियो । जसमा नगद ३.३७ र बोनस सेयर ७.०३ प्रतिशत रहेको छ । दोस्रो रहेको बैंक अफ काठमाण्डूले नगद ३ प्रतिशत र बोनस १३ प्रतिशतसहित १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै, सानिमा बैंकले नगद ३.६ र बोनस १० सहित १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको भन्दा माइक्रोफाइनान्सको लाभांस धेरै
बैंकहरूको भन्दा धेरै लाभांश माइक्रोफाइनान्सले दिने भएका छन् । लाभांश घोषणा गरेका आरएसडीसी लघुवित्त वित्तीय संस्था, आशा, आरएमडीसी, फस्र्ट माइक्रोफाइनान्स र समता माइक्रोफाइनान्स रहेका छन् । यसमा सबैभन्दा बढी समताले २६.३२ प्रतिशत लाभांश दिने भएको छ । समताले २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगदसहित २६.३२ प्रतिशत लाभांश दिने भएको छ ।
यस्तै, आशा लघुवित्तले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद, आरएमडीसीले बोनस १५ र नगद ५ प्रतिशत, फस्ट फाइक्रोफाइनान्सले बोनस २० र नगद ६.३२ प्रतिशत, आरएसडीसी सहित १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
यस्तै, लाभांश घोषणा गरेका म्यूचुअल फण्डमा सबैभन्दा बढी लाभांश दिनेमा सिटिजन्स म्युचूअल फण्ड १ रहेको छ । फण्डले १५ प्रतिशत नगद दिने भएको छ । १० प्रतिशतभन्दा बढी नगद लाभंश दिने म्युचूअल फण्डमा सिटिजन्स म्युचूअल फण्ड १, सिटिजन्स म्युचूअल फण्ड २, एनआईसी एसिया ग्रोथ फण्ड र एनआईबीएल सम्बृद्धि फण्ड १ रहेका छन् । फण्ड १ ले १५ र २ ले १० प्रतिशत तथा एनआईसी एसिया ग्रोथले १२ र एनआईबीएलले पनि १२ प्रतिशत लाभांश दिने भएका छन् । सबैभन्दा कम ग्लोबल आईएमई समुन्नत स्किम १ को ४ प्रतिशतमात्रै रहेको छ ।
लाभांश घोषणा गरेको कम्पनीमा यूनिलिभर नेपालले १०० प्रतिशत नगद लाभांश दिने भएको छ । नगद लाभांश दिनेमा अहिलेसम्म सबैभन्दा बढी यूनिलिभर नेपाल नै रहेको छ । अब धमाधम बैंक तथा वित्तीय संस्थाहरूले लाभांश घाषणा गरिरहेका छन् । जसले लगानीकर्तालाई बजारप्रति आकर्षिक गरिरहेको छ ।