चौधरी ग्रुपसंग लड्दालड्दै अस्ताए सम्भु पौडेल

काठमाडौं । नविल बैंकको पुर्व अध्यक्ष सम्भुप्रसाद पौडेलको निधन भएको छ । कोरोनाको कारण पौडेलको ह्याम्स अस्पतालमा निधन भएको हो । नविल बैंक स्थापनाको केही वर्ष पछिनै नविल बैंकको संचालक हुँदै अध्यक्ष बनेका पौडेलको निधन भएको हो ।
चाधरी ग्रुपको मुख्य लगानीमा खुलेको नविल बैंकमा पौडेलको इन्ट्रीले चौधरी ग्रुप चिन्तामा थियो । लामो समय चौधरी ग्रुपसंग लड्दा लड्दै पौडेलको अन्त्य भएको एक बैंकरे अर्थपथलाई बताए । पछिल्लो सयम नियामक निकाय नेपाल राष्ट्र बैंकले संचालक र सीईओको उमेर हद तोकेपछि पौडेलले स्टे अर्डरबाट काम गर्दै आएका थिए ।
नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोना संक्रमणका कारण निधन भएको छ । पौडेल नबिलमा २०४२ सालदेखि संचालक अध्यक्ष हुँदै आएका थिए । गत आश्विन २० गते सम्भु पौडेलको अध्यक्षको कार्यकाल सकिएको थियो । सबैका प्रिय पौडेल हटेपछि नविल बैंकमा संचालक रहेका अध्यक्षमा उपेन्द्र पौड्याललाई चयन गरेको थियो ।