डेपुटी गभर्नरमा आधा दर्जनको दौड सुरु, कसले पाउला बालुवाटार र शितलनिवासको आर्शिवाद ? « Arthapath.com
२८ मंसिर २०७७, आईतवार

डेपुटी गभर्नरमा आधा दर्जनको दौड सुरु, कसले पाउला बालुवाटार र शितलनिवासको आर्शिवाद ?



काठमाडौं । आगामी फागुन १४ गते खाली हुने डेपुटी गभर्नरको लागी दौड सुरु भैसकेको छ । नेपाल राष्ट्र बैंकको ५ वर्षे सुरक्षित डेपुटी गभर्नरको जागिरको लागी दौडधुप सुरु भएको छ । २ जना डेपुटी गभर्नरको लागी ४ जना सिफारिस हुने प्रचलन रहेको छ । हाल नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ रहेका छन ।

उनिहरुको कार्यकाल सकिन अझै साँडे २ महिनाभन्दा बढी बाँकी हुँदै भावी डेपुटी गभर्नरको लागी दौडधुप सुरु भैसकेको छ । नयाँ डेपुटीको दावेदारहरु लागी अहिलेनै प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवास शितलनिवास धाउन थालिसकेका छन ।

नेपाल राष्ट्र बैंकका १७ जना कार्यकारी निर्देशकमध्येबाट सरकारले २ जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्नेछ । गभर्नरको सिफारिसमा मन्त्रीपरिषदले डेपुटी गभर्नरमा २ जनालाई नियुक्त गर्नेछ । हाल नयाँ डेपुटीको लागी सबैभन्दा बढी दावदार अर्थमन्त्रीका आर्थिक सल्लाहाकारसमेत रहेका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठ र नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल रहेका छन ।

श्रेष्ठ यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको आग्रहमा प्रदेश योजना आयोगको उपाध्यक्ष हुँदै हाल अर्थमन्त्री विष्णु पैडेलका आर्थिक सल्लाहाकार रहेका छन । लुम्बिनी प्रदेशका स्थायी बासिन्दा श्रेष्ठलाई भावी डेपुटी गभर्नरको रुपमा हेरिएको छ । उनि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेल निकट मानिन्छन ।

त्यस्तै राष्ट्र बैंककै नियमन विभागका कार्यकारी निर्देशक रहेका देव कुमार ढकाल मोरङका स्थायी बासिन्दा हुन । राष्ट्रपति विद्यादेवी भण्डारी निकट रहेका ढकाल गभर्नर महाप्रसाद अधिकारीले रुचाएका व्यक्ति हुन । हक्की स्वभावका ढकाल भावी डेपुटीका निर्विकल्प दावेदर हुन ।

त्यस्तै भावी डेपुटीका लागी अर्का दावेदार बमबहादुर मिस्त्र हुन । मिस्त्र प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका हुन । प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रका मिस्त्र पनि भावी डेपुटीका कडा दावेदार हुन । उनी प्रधानमन्त्रीको रोजाइमा पर्नसक्ने संभावना रहेको छ ।

अर्का डेपुटीका दावेदार भुवन कणेल हुन । धादिङका स्थायी बासिन्दा कणेल राजनितीमा खासै रुचि नराख्नेमा पर्छन । यसअघि माओवादी निकट कार्यकारी मानिने कणेल आजभोली खासै माओवादीप्रति नजिक देखिँदैनन् । नेकपामा दुई अध्यक्षको विवादले भावी डेपुटी गभर्नरको अड्कल अहिलेनै गर्न सकिने अवस्था छैन । प्रधानमन्त्रीमा केपी शर्मा ओलीनै रहिरहेको अवस्थामा मात्रै यी नामहरुको संभावना रहेको छ । यदी सरकार परिवर्तन भएको खण्डमा भने अन्य कार्यकारीहरुको पनि संभावना उत्तिकै छ । उनि पुर्व माओवादी खेमाबाट १ जना डेपुटीको लागी ओली प्रचण्डविच सहमती भएमा पर्ने संभावना बलियो छ ।

राष्ट्र बैंकको कार्यकारी मध्ये महिला कार्यकारी निर्देशक रहकी डा. निलम ढुङ्गाना तिम्सेना पनि महिला समावेसिताको कुरा उठाउँदै डेपुटी गभर्नर बन्ने दाउमा रहेकी छिन । डा. युवराज खतिवडा गभर्नर हुँदानै ढुङ्गाना आइएमएफको मिटिङमा भाग लिन खतिवडाका ज्वाई डा. रामशरण खरेललाई पठाउन सहयोग गरेकाले पनि ढुङ्गानाले आफुले अवसर पाउनुपर्छ भन्दै आएकी छिन । ढुङ्गानाले डा. खरेललाई वासिङ्टनडिसीमा २ वर्षे प्रतिनिधि बन्ने अवसर प्रधान गरेको भन्दै त्यसको बदलामा डेपुटी पाउने आशमा छिन । मोरङ घर भएकी तिम्सेनालाई शितल निवासको आर्शिवाद प्राप्त हुने देखिन्छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीनै प्रधानमन्त्री भएको बेला तत्कालिन डा. चिरञ्जीवि नेपालको सिफारिसमा शिवाकोटी र श्रेष्ठ डेपुटी गभर्नर बनेका थिए । ५ वर्षपछि पुनः केपी ओली नै प्रधानमन्त्री रहेका छन । त्यसैले प्रधानमन्त्रीले रुचाएका व्यक्तिनै गभर्नर डेपुटी गभर्नर हुने परम्परा रहँदै आएको छ । राष्ट्र बैंक ऐनमा दुई डेपुटी गभर्नरको लागि ४ जनाको प्रश्ताव हुनेछ । ४ जनामाध्ये योग्य दुई जनालाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्