चमत्कार गर्दै सिभिल बैंक, ६ महिनामा कर्जा र निक्षेप ह्वात्तै बढायो « Arthapath.com
११ माघ २०७७, आईतवार

चमत्कार गर्दै सिभिल बैंक, ६ महिनामा कर्जा र निक्षेप ह्वात्तै बढायो



civil bank

काठमाडौं । लामो समय बिजनेशका हिसाबले कमजोर रहेको सिभिल बैंकले यसपटक २ पुराना बाणिज्य बैंकलाई उछिनेर चकित बनाएको छ । पछिल्लो समय निक्कै आक्रामक बनेको सिभिल बैंकले आफ्ना पुराना समस्याहरु सल्टाउँदै प्रगती पथमा अगाडी बरिढरहेको छ ।

बजारमा कर्जा र लगानीमा अक्रामक बनेको सिभिल बैंकले यसपटकको वित्तीय विवरणमा कर्जा लगानीमा ३२ वर्ष पुरानो स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई उछिनेको छ भने निक्षेप परिचालनमा २४ वर्ष पुरानो नेपाल बंगलादेश बैंकलाई समेत उछिनेको छ ।

पछिल्लो ६ महिनामा बैंकले २९.२५ प्रतिशतले निक्षेप र २६.३४ प्रतिशतले कर्जा बढाएर अन्य दुई बैंकलाई पछि पारेको छ । निक्षेप संकलनका हिसाबले २६ वर्ष लामो इतिहास बोकेको नेपाल बंगलादेश बैंकलाई पछि पारेको छ भने कर्जा प्रवाहका हिसाबले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई पछि पारेपछि यस बैंकतिर धेरैको आखा लागेको छ ।

मर्जरको प्रयासमा रहेको सिभिल बैंकलाई नविल बैंकदेखि प्रभु बैक र हिमालयन बैंकले समेत आँखा लगाएको छ । चालू आर्थिक वर्षको पुस मसान्तमा सिभिल बैंकले ७७ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । मंसिरसम्म नेपाल बंगलादेशकै हाराहारीमा रहेको सिभिलले पुससम्म आइपुग्दा नेपाल बंगलादेश बैंकलाई उछिनेको हो ।

पुस मसान्तमा एनबी बैंकको निक्षेप ७३ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत असार मसान्तको तुलनामा एनबी बैंकको निक्षेप ०.८८ प्रतिशत र कर्जा १.२९ प्रतिशतले बढी हो ।

पुस मसान्तसम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत असार मसान्तको तुलनामा बैंकको निक्षेप १२.३९ प्रतिशतले र कर्जा २.६८ प्रतिशतले कमी हो । जबकी पुस मसान्तमा सिभिल बैंकले ६८ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो स्ट्याण्डर्ड चार्टर्डकोभन्दा साढे १२ अर्ब रुपैयाँले बढी हो ।


प्रतिक्रिया दिनुहोस्