उत्पादनमुलक क्षेत्रमा लगानी गर्न बैंकहरुलाई गभर्नर अधिकारीको आग्रह, बैङ्कहरूले बोलाई–बोलाई कर्जा दिँदा अहिलेको अवस्था आयो « Arthapath.com
१५ कार्तिक २०७८, सोमबार

उत्पादनमुलक क्षेत्रमा लगानी गर्न बैंकहरुलाई गभर्नर अधिकारीको आग्रह, बैङ्कहरूले बोलाई–बोलाई कर्जा दिँदा अहिलेको अवस्था आयो



काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कहरूले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह नगरेको दुखेसो गरेका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अर्थ संवाद कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो तिन महिनामा बैङ्कहरूले गरेको कर्जा लगानीको ५० प्रतिशत भन्दा बढी बाह्य आयातित बिलाशीलताका बस्तुमा लगानी भएको बताएका छन् । 

गभर्नर अधिकारीले ३ महिना १३ दिनमा ३ सय ५१ अर्ब कर्जा प्रवाह भएकोमा ५० प्रतिसतभन्दा बढी विदेशी बिलासी बस्तु आयातमै बैङ्कहरूले लगानी गरेको देखिएको बताएका छन् । विलासीका बस्तुहरूको आयातले विदेशी मुद्राको सञ्चितमा ह्रास आएको गभर्नर अधिकारीले बताएका छन् । 

बैङ्कहरूलाई देशको उत्पादन मूलक क्षेत्रमा लगानी बढाउन गभर्नर अधिकारीले आग्रह गरेका छन् । उनले बैङ्कहरूले विदेशी विलाशीकताका बस्तुहरूको आयातमा बैङ्कहरूले लगानी उच्च रहेको भन्दै नियन्त्रण हुनुपर्ने बताएका छन् । उनले अव विदेशी मुद्रा ७ महिनालाई धान्ने मात्रै रहेको बताएका छन् । त्यसैले देशमै उत्पादकत्व बढाउने क्षेत्रमा लगानी गर्न बैङ्कहरूलाई आग्रह गरेका हुन् । 

गभर्नर अधिकारीले लकडाउनको अवधिमा कर्जा शून्य थियो, व्यवसायीलाई उतार्न लाग्दा कर्जाको डिमान्ड ह्वात्तै बढेको बताएका छन् ।

व्यवसायी जागरूक भएर क्रेडिटको डिमान्ड बढेको अधिकारीले बताएका छन् । ‘पछिल्लो ३ महिनामा ३ सय ५१ अर्ब कर्जा प्रवाह भयो, अहिले बजारमा एक्सीस लिकुडिटी १७ अर्वमात्रै छ ।’ दिन नहुने क्षेत्रमा सस्तो लोन लैजाऊ भनेर बैङ्कहरूले एग्रेसिभ ल्यान्डिङ गर्दा अहिलेको अवस्था आयो । ‘सस्तो छ लैजाऊ भन्दै बोलाइ बोलाई बैङ्कहरूले कर्जा दिए, त्यसैले अहिलेको अवस्था आयो ।’ 

गभर्नर अधिकारीले बैंकहरुले घाटी हेरेर हाड निल्न नखोज्दा अहिलेको समस्या आएको बताएका छन् । देशको बजारको अवस्था नहेरी अन्धाधुन्ध लगानी नियन्त्रण गर्न खोज्दा माइक्रो रेगुलेसन हुन्छ भनेर आफुहरु चुप बस्दा अवस्था विग्रीयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एमसिसि पास भएको भए ५५ अर्व आउने भन्दै अहिले राजनितीक कारणले पास नभएको बताए । विदेशी पुँजी ल्याउनपर्ने भन्दै गोल्छाले रेमिट्यान्स फर्मल च्यानलबाट नआउँदा पनि समस्या भएको बताए ।


प्रतिक्रिया दिनुहोस्