अबदेखि बैंकहरुले सेवा शुल्क लिएमा उल्टै ग्राहकलाई १० प्रतिशत तिर्नुपर्ने

काठमाडौँ । सेवाग्राहीको अनुमतिबिना बैंकहरुले सेवामा शुल्क लिन नपाउने भएका छन् । ग्राहकको अनुमतिबिना दिइएको सेवामा शुल्क लिए बैंकहरूले सो शुल्कमा १० प्रतिशत थपेर ग्राहकको खातामा हाल्दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
खातावालाहरूलाई पनि आफूले नमागेको यस्तो सुविधावापत बैंकहरूले शुल्क लिएका सम्बन्धित बैंक तथा वित्तीय संस्थाको वेबसाइटमा उपलब्ध गुनासो अधिकारी समक्ष गुनासो दर्ता गर्न भनिएको छ ।
यसरी दर्ता गरिएको गुनासोमा सुनवाई नभए राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा जानकारी गराउन समेत भनिएको छ । सेवाग्राहीले माग नगरेको सेवाबापत बैंक तथा वित्तीय संस्थाले कुन शुल्क लिएको भए केन्द्रीय बैंकलाई जानकारी गराउन समेत भनिएको छ ।