नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न « Arthapath.com
८ चैत्र २०८१, शुक्रबार

नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल एसबीआई बैंक न्यूरोड शाखाले ‘विश्व वित्तीय सप्ताह २०२५’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार डीएभी कलेज ललितपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सीपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाले जनाएको छ ।

उक्त कार्यक्रममा स्नातक तह, व्यवस्थापन शंकायमा अध्ययनरत ४५ भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेपाल एसबीआई बैंक न्यूरोड शाखाको शाखा प्रवन्धक तेजबहादुर थापाले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी वीक’को यो तेह्रौँं संस्करण हो ।

सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ ।

यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब ६ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्