मुक्तिनाथ विकास बैंकले युवा लक्षित “मुक्तिनाथ पकेट मनी बचत खाता” संचालनमा ल्यायाे « Arthapath.com
२५ चैत्र २०८१, सोमबार

मुक्तिनाथ विकास बैंकले युवा लक्षित “मुक्तिनाथ पकेट मनी बचत खाता” संचालनमा ल्यायाे



काठकमाडौं । मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्ता लक्षित “मुक्तिनाथ पकेट मनी बचत खाता” संचालनमा ल्याएको छ ।

यो बचत खाता विशेष गरी भर्खरै एसइइ परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई फाईदा पुग्नेछ । सो उमेर समुहका ग्राहकहरुलाई बैंकिङ्ग क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ्ग प्रोत्साहन गर्न, बचतको महत्व बझाउन र विद्युतीय कारोबारमा निहित जोखिम सम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्नेछ ।

मुक्तिनाथ पकेट मनी बचत खाता मा न्यूनतम ५० मौज्दात राखेर खाता खोल्ने प्रत्येक ग्राहकहरुलाई बैंकले अर्धमासिक तथा मासिकरुप एकपटक निशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिम सम्बन्धी ज्ञान प्रदान गर्नेछ । यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुनजेल सम्मको लागि निः शुल्क मोबाईल बैंकिङ्क सुविधा प्राप्त गर्नेछन् ।

साथै, यो खाता खोल्दा निःशुल्क डिम्याट खाता तथा मेराे सेयर दर्ता लगायत विभिन्न बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन ।

बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामौ रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्