राष्ट्र बैंकमा तीन जनालाई कार्यकारी निर्देशकमा बढुवा « Arthapath.com
३ बैशाख २०८२, बुधबार

राष्ट्र बैंकमा तीन जनालाई कार्यकारी निर्देशकमा बढुवा



काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन जना अधिकारीलाई विशिष्ट श्रेणीको पद कार्यकारी निर्देशकमा बढुवा गरेको छ ।

केन्द्रिय बैंकको पदपूर्ति समितिले तीन जना निर्देशकलाई बढुवा गर्ने निर्णय गरेको हो ।

यसरी बढुवा हुनेमा चेतप्रसाद उप्रेती, रोशनकुमार सिग्देल र डा. रामशरण खरेल छन् । केन्द्रिय बैंकमा नयाँ डेपुटी गभर्नर नियुक्त हुनुभन्दा एक वर्ष अगाडी यी तीन जना बढुवा भएका हुन् ।

राष्ट्र बैंक ऐन अनुसार बहालवाला कार्यकारी निर्देशकहरुमध्ये दुई जना डेपुटी गभर्नर बन्ने छन् । उच्च व्यवस्थापनका साथै सञ्चालक समितिमा प्रतिनिधित्व गर्नका लागि हुने प्रतिस्पर्धामा अब यी तीन जनाले पनि स्थान सुरक्षित गरेका छन् ।

बढुवा भएसँगै डा. खरेललाई मानव संसाधन विभागमा पदस्थापना गरिएको छ । उक्त विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेलाई सूचना प्रविधि विभागमा पठाइएको छ ।

उप्रेतीलाई गैह्रबैकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग र सिग्देललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको जिम्मा दिइएको छ । मावन संशाधनलाई छाड्ने हो भने बाँकी दुई विभागहरु केन्द्रिय बैंकका ‘कमजोर’ विभागमा पर्छन् ।


प्रतिक्रिया दिनुहोस्