व्यवसायमा एग्रेसिभ एभरेष्ट बैंकको नाफा साढे ३२ प्रतिशत बढ्यो: लाभांश क्षमता पनि उच्च, वित्तीय प्रगति कस्तो ?

काठमाडौं । एभरेष्ट बैंकले साढे ३ अर्ब नाफा कमाएको छ । बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने ३२.५५ प्रतिशत धेरै हो । गत आवको सो अवधिमा बैंकले २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि दोहोरो अंकमा वृद्धि भएको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी १९.७२ प्रतिशत बढेर ६ अर्ब ७४ करोड ३९ लाख ५८ हजार रुपैयाँ पुगेको छ । यता, बैंकको संचालन नाफामा पनि ३६.४१ प्रतिशत बढोत्तरी देखिएको छ ।योसँगै ९ महिनामा बैंकको यस्तो नाफा ५ अर्ब ८ करोड ३३ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । तेस्रो त्रैमासमा आइपुग्दा बैंकले आफ्ना सेयरधनीलाई ३४.०९ प्रतिशत लाभांश दिन सक्ने सामार्थ्य बनाएका छ ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा १३ अर्ब ६१ करोड ८६ लाख रुपैयाँ राखेको छ । बैंकको खराब कर्जामा पनि थप सुधार आई ०.६४ प्रतिशत कायम भएको छ । यो वाणिज्य बैंकहरुकै तुलनामा सबैभन्दा कम हो ।
हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ३५.६१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३५.४७ रुपैयाँ छ।
व्यवसाय वृद्धिमा पनि बैंक आक्रामक देखिएको छ। समिक्षा अवधिमा बैंकको कुल निक्षेप १४.६९ प्रतिशत वृद्धि भई २ अर्ब ६६ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा विस्तार पनि २१.२९ प्रतिशत वृद्धि भई २ खर्ब १६ अर्ब १७ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।