किसानको घाउको मलम बन्दै कृषि सहकारी केन्द्रिय संघ, विश्व स्तरको एफएओ अवार्डबाट सम्मानित « Arthapath.com
१४ बैशाख २०८०, बिहीबार

किसानको घाउको मलम बन्दै कृषि सहकारी केन्द्रिय संघ, विश्व स्तरको एफएओ अवार्डबाट सम्मानित



काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेड विश्व स्तरको एफएओ अवार्ड फर पाट्नरशिप २०२३ बाट सम्मानति भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिले सहकारी संस्थाको क्षमता विकास, सुशासन र संस्थागत विकासका साथै साना किसानहरुको कृषि र आर्थिक मुद्दाहरुलाई सम्बोधन तथा वकालत गर्दै कृषि क्षेत्रमा योगदान गरे वापत Food And Agriculture Organization of the united Nations ले उक्त अवार्ड प्रदान गरेको हो ।

नेपालका किसान र कृषि क्षेत्रका लागि यो ऐतिहासिक सफलता रहेको संघका अध्यक्ष खेम बहादुर पाठकले बताए । उनले उक्त पुरस्कारबाट पुरस्कृत हुने संघ नेपालमा नै पहिलो रहेको कुरा समेत जनाए । सहकारीहरुले काम गर्ने सकिने यीनिहरुले बेइमानी गरे भन्नेलाई यसले राम्रा संकेत दिएको उनको तर्क थियो । होल्लाका भरमा सरकारी डुबाउन खोज्नेहरु बढीको हुदाँ सहकारहरुको काम हेर्न फिल्ड मै आएर अवलोकन गर्ने अध्यक्ष पाठकले अनुरोध गरे ।

संघ र एफएओ एक दशक भन्दा बढी समयदेखि सँगै काम गर्दै आइरहेको छ । नेपाल सरकारको सहयोग र यस संघ सचिवालय रहेर कृषिसँग सम्बन्धित सबै निकायहरूको संलग्नतामा संयुक्त राष्ट्र संघबाट घोषणा भएको अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष २०१४ लाई भव्य रूपमा सञ्चालन समेत गरेका छ । यसको सकारात्मक प्रभावले अभिप्रेरित भई यस कार्यक्रमलाई आउस दश वर्षका लागि निरन्तरता दिनुपर्ने महशुस गरी राष्ट्रिय कार्यान्वयन समिति र राष्ट्रिय निर्देशक समितिको अनुरोधमा कृषि, अर्थ र परराष्ट्र मन्त्रालयको सिफारिसमा अन्य देशहरूको समेत समर्थनबाट संयुक्त राष्ट्र संघले पुनः सन् २०१९ देखी सन् २०२८ सम्म ५० वर्षका लागि संयुक्त राष्ट्र संघ पारिवारिक खेती दशक (यु. एन.डी.एफ.एफ) कार्यक्रमको घोषणा भएको छ ।

कृषि सहकारी संस्थाहरुको नीति निर्माण, बहस पैरवी, क्षमता विकास, सज्जाल वृद्धि, उत्पादन तथा उत्पादकत्व वृद्धिमा सहजीकरण मूल्यशृङ्खला र बजार व्यवस्थापन जस्ता गैर वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग रामनाथ गर्न एउटा छुट्टै केन्द्रीय संघको आवश्यकता भएको महसुस गरी तत्कालिन साना किसान विकास बैंक र जीटीजेड समेतको सहयोगमा वि. सं. २०६४ साल पौष २९ गते नेपाल कृषि सहकारी केन्द्रीय संघ, लिमिटेडको स्थापना भएको थियो ।

हाल यस संघबाट नेपालको ७७ जिल्लामा १२०० भन्दा बढी संस्थाहरुमा आवद्ध १२ लाख भन्दा बढी साना किसान परिवारहरूले सेवा लिई रहेका छन् जसमा ८२ प्रतिशत महिलाहरु रहेका छन् भने जङ्गलमा बस्ने राउटे, कुसुण्डा, बनकरीया, भूमिविहिन मुसहर, डोम, चमार जस्तो लोपउन्मुख, अतिविपन्न समुदायलाई गोलबन्द गर्दै सहकारी मार्फत कृषि उत्पादन बढाउन र बजारीकरणमा सेवा प्रदान गर्दै आएको छ ।

युवा प्राविधिक जनशक्ति तयार गर्ने, किसान कार्यक्रम विस्तार र कृषि सहकारीको क्षमता विकास कार्यक्रम सञ्चालन, दुर्गम क्षेत्रमा रहेका सहकारी संस्थाहरूको सबलीकरण र शुद्धीकरण गर्ने, फलफूल तथा तरकारीको बेर्ना बिक्री÷वितरण गर्ने, लर्न एण्ड अर्न कार्यक्रम सञ्चालन गर्ने, मासु दुध र तरकारीको उत्पादन वृद्धिका लागि प्रविधि, सुरक्षण र ऋण प्रवाह गर्ने, किसानहरुका लागि सैद्धान्तिक र प्रयोगात्मक दुवै ज्ञान लिन सक्नेगरी सिकाई केन्द्रका रुपमा सदस्यहरुको लगानीमा चितवनमा कृषि तालिम केन्द्र स्थापना भई सञ्चालनमा आईसकेको छ ।

कृषि सहकारीहरुले अहिले आफ्नै उत्पादन, उद्योग, प्रशोधन, प्याकेजिङ, ग्रेडिङ र बजारीकरण गर्न थालिसकेका छन् । सफल बनेको देशकै नमुना एकीकृत सामूहिक खेतीको अवधारणा साना किसान कृषि सहकारी संस्थाहरुले नै सुरु गरेका छन् । जसको अभ्यास अहिले देशभर फैलिदै गएको छ । संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र सदस्य संस्थाहरुको करिब १ खर्व भन्दा बढी पूँजी ग्रामीण क्षेत्रमा परिचालन भएको छ । यसले किसानहरुको आर्थिक, सामाजिक रूपान्तरणमा ठूलो सहयोग पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्