सहकारी पीडितः सडकमै खाना खादैं, चर्का घाम नै ओत

काठमाडौं । सहकारी पीडितहरु लामो समयदेखि आन्दोलित छन् । पीडितका केही समूहहरु अहिले पनि माईतीघरमा आन्दोलनरत छन् ।
आन्दोलनरत पक्षले आज सडकमै खाना खाएका छन् । देशका विभिन्न जिल्लाका सहकारी पीडितहरू काठमाडौंमा सडकमै सुति रहेका छन् । न्याय माग्दै विरोध प्रदर्शन गरी रहेका पिडित माइतीघरमा सडकमै खाएर सडकमै सुत्दै गरेका गरेका हुन् ।